Kathmandu Press

‘सरकारी नीतिकै कारण नेपाल श्रीलंका हुनबाट जोगियो’

काठमाडौं, भदौ १८ : अर्थमन्त्री जनार्दन शर्माले सरकारले लिएको नीतिकै कारण नेपाल श्रीलंकाको बाटोमा जानबाट रोकिएको बताएका छन्।नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २४औं...
‘सरकारी नीतिकै कारण नेपाल श्रीलंका हुनबाट जोगियो’

काठमाडौं, भदौ १८ : अर्थमन्त्री जनार्दन शर्माले सरकारले लिएको नीतिकै कारण नेपाल श्रीलंकाको बाटोमा जानबाट रोकिएको बताएका छन्।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २४औं वार्षिक साधारणसभामा बोल्दै अर्थमन्त्री शर्माले सरकारले होसियारी अपनाएका कारण नेपालको अर्थतन्त्र  श्रीलंका जस्तो हुनबाट जोगिएको बताएका हुन्।

‘अहिले नेपाली अर्थतन्त्रका सूचकांक सकारात्मक बाटोमा छ,’ अर्थमन्त्री शमाएले भने, ‘आगामी दिनमा सझै सकारात्मक हुने छ।’ मन्त्री शर्माले चाडवाड सुरु भएसँगै विप्रेषण बढेको र त्यसले देशको अर्थतन्त्र बलियो हुँदै गएको बताए। उनले देशमा विप्रेषण बढेसँगै विदेशी मुद्रा सञ्चिती बढ्दै जाने र अर्थतन्त्र सवल हुँदै जाने विश्वास व्यक्त गरे ।

निर्यात प्रवर्द्धन गर्न बजेटमा सरकारले लिएका नितिको फाइदा लिन उनले व्यवसायीहरुलाई आव्हान गरे। उनले गत आर्थिक वर्षका गल्तीबाट पाठ सिकेर सरकारले काम गरिरहेको बताए।

‘तरलता अभाव हुन नदिन सरकारले बजेट खर्चमा ध्यान दिने र चालु आवमा बजेट खर्च प्रभावकारी बनाउन सबै मन्त्रालयलाई निर्देशन दिइएको छ’, अर्थमन्त्री शर्माले भने।

निजी क्षेत्रलाई उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन आग्रह गर्दै देशमा लगानीयोग्य वातावरण रहेको उनले बताए। कृषि, वनलगायतका क्षेत्रमा लगानी बढाउन निजी क्षेत्रलाई उनले आग्रह गरे।

प्रकाशित मिति: ११:३५ बजे, शनिबार, भदौ १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्