काभ्रे क्षेत्र नं. १ बाट तीर्थ लामा सर्वम्मत सिफारिस
काभ्रे, भदौ १८ : मंसिर ४ गते हुने संघीय निर्वाचनका लागि नेपाली कांग्रेसबाट काभ्रे क्षेत्र नं. १मा जिल्ला सभापति तीर्थ लामाको नाम सिफारिस...
काभ्रे, भदौ १८ : मंसिर ४ गते हुने संघीय निर्वाचनका लागि नेपाली कांग्रेसबाट काभ्रे क्षेत्र नं. १मा जिल्ला सभापति तीर्थ लामाको नाम सिफारिस भएको छ।
प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति र उम्मेदवार सिफारिस समितिको बैठकले प्रतिनिधिसभा सदस्यका लागि लामाको मात्र नाम सर्वसम्मत रुपमा सिफारिस गरेको हो।
लामा २०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए । २०७४ मा भने उनी नेकपा माओवादीका गंगाबहादुर तामाङसँग पराजित भएका थिए । तामाङले ४३ हजार ६ सय ३१ मत ल्याउँदा लामाले ३९ हजार ६ सय ५ मत ल्याएका थिए।
प्रकाशित मिति: १०:५० बजे, शनिबार, भदौ १८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












