सरकारले पर्यटन क्षेत्रलाई सधैं महत्व दिएको छ : पर्यटन सचिव अधिकारी
काठमाडौं, भदौ १८ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयका सचिव सुरेश अधिकारीले सरकारले पर्यटन क्षेत्रलाई सधैं महत्व दिएको बताएका छन्।ट्रेकिङ एजेन्सिज एसोसिएन...
काठमाडौं, भदौ १८ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयका सचिव सुरेश अधिकारीले सरकारले पर्यटन क्षेत्रलाई सधैं महत्व दिएको बताएका छन्।
ट्रेकिङ एजेन्सिज एसोसिएन अफ नेपाल (टान)को निर्वाचित कार्यसमितिको शपथ ग्रहण तथा पदभार हस्तान्तरण कार्यक्रममा बोल्दै उनले निजी क्षेत्रसँगको सहकार्य र सहभागिता बिना पर्यटन क्षेत्रको विकास हुन नसक्ने बताए।
‘कोरोना महामारीबाट थलिएको नेपालको पर्यटन क्षेत्रको पुनर्उत्थानका लागि पर्यटन मन्त्रालयले ७३ बुँदे कार्ययोजना अगाडि सारेको छ । कार्ययोजनाका र्यान्वयन गर्नका लागि निजी क्षेत्रको महत्वपूर्ण योगदान आवश्यक छ,’ उनले भने।
सचिव अधिकारीले पर्यटन क्षेत्रको विकासका लागि व्यापक पूर्वाधार विकासको आवश्यकता रहेको औंल्याए। व्यवसायीसँगको छलफलमा पर्यटन मन्त्रालयले सन् २०२३ देखि २०३३ सम्मलाई भ्रमण दशक मनाउने योजना अगाडि सारेको उनले उल्लेख गरे। पर्वतीय पर्यटन क्षेत्रमा देखिएका समस्या समाधानका लागि मन्त्रालय टानसँग सहकार्य गर्न तयार रहेको पनि उनले बताए।












