Kathmandu Press

आज नेपाल र केन्याबीच दोस्रो एकदिवसीय खेल

आज नेपाल र केन्याबीच दोस्रो एकदिवसीय खेल

काठमाडौं, भदौ १८ : आज नेपाल र केन्याबीच दोस्रो एकदिवसीय खेल हुँदै छ।

केन्याको नैरोबीमा आज दिउसो १२ः४५ नेपाल र केन्याको खेल हुनेछ। शुक्रबार भएको पहिलो खेलमा नेपाल विजयी भएको छ।

पहिलो एकदिवसीयमा नेपालले केन्यालाई सात विकेटले पराजित गरेको थियो। केन्याले दिएको दुई सय १९ रनको लक्ष्य नेपालले ४७.२ ओभरमा तीन विकेट गुमाएर पूरा गरेको थियो।

प्रारम्भिक ब्याटर आसिफ शेख र अर्जुन साउँदले उत्कृष्ट प्रदर्शन गरेका थिए। शेखले शतक र साउँदले अर्धशतक प्रहार गरेका थिए।

तीन खेलको श्रृंखलामा नेपाल १० ले अगाडि छ। यसअघि टी२० श्रृंखला पनि नेपालले जितेको थियो।

प्रकाशित मिति: ०८:१८ बजे, शनिबार, भदौ १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्