Kathmandu Press

बाढीका कारण पाकिस्तानमा झण्डै आठ लाख पशु मरे

इस्लामावाद, भदाै १७ : विगत केही हप्तादेखि आएको मूसलधारे मनसुनी वर्षाले शताब्दी लामो रेकर्ड तोडेको छ। साथै केही प्रान्तहरूमा विगत ३० वर्षको औसतभन्दा...
बाढीका कारण पाकिस्तानमा झण्डै आठ लाख पशु मरे

इस्लामावाद, भदाै १७ : विगत केही हप्तादेखि आएको मूसलधारे मनसुनी वर्षाले शताब्दी लामो रेकर्ड तोडेको छ। साथै केही प्रान्तहरूमा विगत ३० वर्षको औसतभन्दा पाँच गुणा बढी पानी परेको बताइएको छ जसबाट १,२०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ।

त्यस्तै बाढीले ११ लाखभन्दा भन्दा बढी घरहरू क्षति पुर्याएको छ भने  थुप्रै घरहरू बगाएको छ। थुप्रै पूर्वाधारहरू नष्ट भएका छन्। विद्यालय र अस्पतालहरू  भत्किएका छन्। कम्तीमा १८ हजार विद्यालयमा क्षति पुगेको छ।

Hardik ivf

'हामीले अनुमान गरेका छौँ कि १ करोड ६० लाख बालबालिका त्यसबाट प्रभावित छन् र तीमध्ये ३४  लाख बालबालिकालाई मानवीय सहयोगको खाँचो छ,' युनिसेफका पाकिस्तानी प्रतिनिधि अब्दुल्लाह फादिलले जेनेभाको प्यालेस डेस नेशनमा आजको पत्रकार सम्मेलनमा उल्लेख गरेका छन्। हाल पानीजन्य घातक रोगहरू छिटो फैलिने उच्च जोखिम छ। झाडापखाला, हैजा, डेंगु, मलेरिया सङ्क्रमणको उच्च जोखिम छ।  शौचालयको अभावमा बाढी पीडितहरू रूपमा खुलारूपमा दिसा-पिसाब गर्न बाध्य छन्।

राहत र उद्धार कार्यहरू अगाडि बढाउन निकै कठिन भएको छ। करिब १६० पुलहरू र पाँच हजार किलोमिटर सडकखण्ड क्षतिग्रस्त भएका छन्। पैतीस लाख एकड बाली प्रभावित भएको छ भने र लगभग आठ लाख पशुहरू मरेका छन्।
 
कठिनताका बाबजुत उद्धार र राहत कार्य भने जारी रहेको युनिसेफले बताएको छ।
युनिसेफका प्रतिनिधिले चिकित्सा उपकरण,अत्यावश्यक औषधि, खोपहरू, सुरक्षित पिउने पानी, स्वच्छता किटहरू, लामखुट्टे विरुद्धका उपायहरू र डेलिभरी किटहरू उपलब्ध गराउन जारी राख्नको लागि यी कोष र स्रोतहरूको तुरुन्तै आवश्यकता रहेको बताएका छन्।

प्रकाशित मिति: २०:१८ बजे, शुक्रबार, भदौ १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्