Kathmandu Press

अफगानिस्तानको मस्जिद विस्फोटमा प्रमुख धर्मगुरुसहित १८ जनाको मृत्यु

अफगानिस्तानको मस्जिद विस्फोटमा प्रमुख धर्मगुरुसहित १८ जनाको मृत्यु

काबुल, भदाै १७ : अफगानिस्तानको पश्चिमी हेरात प्रान्तको राजधानी हेरात शहरमा रहेको मस्जिदमा शुक्रबार भएको विस्फोटमा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन्।

'हेरात शहरको गाजर गाह मस्जिद बाहिर आज भएको विस्फोटमा प्रमुख धर्मगुरु मौलवी मुजिब रहमान अन्सारी र उनका भाइ हबिब रहमान अन्सारी सहित १८ व्यक्तिको मृत्यु भएको छ  भने अन्य २३ जना घाइते भएको,' प्रान्तीय प्रशासनका प्रवक्ता मौलावी हमिदुल्लाह मतवाकिलले पत्रकारहरूलाई बताएका छन्।

विस्फोटको जिम्मेवारी  हालसम्म कुनै समूह वा व्यक्तिले लिएको छैन।

रसौलीले सो आक्रमणमा 'शत्रुहरू' को हात रहेको बताए पनि कुनै विशेष समूहको नाम भने उल्लेख गरेका छैनन्।

प्रकाशित मिति: २०:११ बजे, शुक्रबार, भदौ १७, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्