Kathmandu Press

राजनीतिसँगै आर्थिक रुपान्तरण आवश्यक : अध्यक्ष ओली

गौरादह, भदौ १७ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिसँगै आर्थिक रुपान्तरणका लागि लाग्नुपर्ने बताएका छन। उनले उद्यमशिलता र श्रमले मात्रै आर्थिक...
राजनीतिसँगै आर्थिक रुपान्तरण आवश्यक : अध्यक्ष ओली

गौरादह, भदौ १७ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिसँगै आर्थिक रुपान्तरणका लागि लाग्नुपर्ने बताएका छन। उनले उद्यमशिलता र श्रमले मात्रै आर्थिक रुपमा सबल भइने उल्लेख गरे।

झापाको गौरीगञ्जमा आज भएको सभा तथा पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले नेपालको विकास नेपालीले मात्रै गर्न सक्ने बताए। 'देशको विकासका लागि एमाले नै पहिलो पार्टी बन्नु पर्छ, सीमावर्ती शहरलाई स्मार्ट सिटिका रुपमा विकास गर्नपर्छ।'

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले परम्परागत कृषि प्रणालीलाई व्यवस्थित गर्दै आधुनिकरण गरिनुपर्ने बताए।

प्रकाशित मिति: १९:२९ बजे, शुक्रबार, भदौ १७, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्