Kathmandu Press

नागरिकलाई सरकारी अस्पतालमा उपचार गराउन मन्त्री खापुङको आग्रह

काठमाडाैं, भदाै १७ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले नागरिकलाई सरकारी अस्पतालमा उपचार गराउन आग्रह गरेका छन। उनले जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकद्वारा आज...
नागरिकलाई सरकारी अस्पतालमा उपचार गराउन मन्त्री खापुङको आग्रह

काठमाडाैं, भदाै १७ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले नागरिकलाई सरकारी अस्पतालमा उपचार गराउन आग्रह गरेका छन। उनले जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकद्वारा आज धुलिखेलमा आयोजित ‘जिल्लाको स्वास्थ्य क्षेत्रको वर्तमान अवस्था र भावी कार्यदिशा’ विषयक एक दिवसीय अन्तरक्रिया कार्यक्रममा नीजि अस्पतालमा गम्भीर प्रकृतिका रोगको उपचार गर्दा धेरै खर्च हुने अवस्थाबाट जोगिन सरकारी अस्पतालमा उपचार गर्न आग्रह गरेका हुन।

'घातक रोग लागेका बिरामी नीजि अस्पतालमा जाने पैसा, सम्पत्ति सबै सक्ने र पछि सरकारी खोज्ने गरेको धेरै पाइयो, यसो नगर्नुस् सुरुमै उपचार गर्न सरकारी अस्पताल जाने बानी बसाल्नुस्,' मन्त्री खापुङले भने। उनले आफूले नीजि अस्पताललाई दूरुत्साउन नगरेको उल्लेख गर्दै सक्ने हैसियत भएका मात्रै नीजि अस्पतालतिर उपचार गर्न जानसक्ने बताए।

Hardik ivf

मन्त्री खापुङले सरकारले प्रत्येक वडामा स्वास्थ्य चौकी, प्रत्येक पालिकामा पाँचदेखि १५ शय्यासम्मको अस्पताल निर्माण भइरहेको र गम्भीर प्रकृतिका बिरामीलाई मासिक रु पाँच हजार दिइरहेको स्मरण गराए। उनले भने, 'अब जिल्लालाई हरेक क्षेत्रमा नमूना बनाउने जिम्मा जिसस पदाधिकारी र स्थानीय जनप्रतिनिधि कै हो, स्वास्थ्य क्षेत्रमा सबै मिलेर वार्षिक कार्यक्रम निर्माण गरी काम लाग्नुहोस्, यसपछि नागरिकले सवल स्वास्थ्य सेवाको महसुस गर्नेछन्।'

मन्त्री खापुङले फरक प्रसङ्गमा सङ्घीयताको अभ्यास भइरहँदा केन्द्रको अधिकार गाउँमा लैजाने क्रममा जिल्लास्थित अस्पतालका चिकित्सक तथा कृषि वैज्ञानिकसमेतलाई स्थानीयस्तरमा लैजाने भन्ने जनाइएपनि सबै क्षेत्रमा त्यस्तो नभएको धारणा व्यक्त गरे। 'स्थानीय तहमा भएका योग्य, सक्षम, विज्ञ जति जिल्लामा, जिल्लामा भएका प्रदेशमा, प्रदेशमा भएका केन्द्रमा जाँदा गाउँ खाली भएकै अवस्था हो, यस प्रवृत्तिलाई अब मिलाउनुपर्छ,' उनले भने।

कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले स्वास्थ्यका गतिविधिको अनुगमन स्थानीय जनप्रतिनिधिलेनै गर्नुपर्ने उल्लेख गर्दै स्वास्थ्यको बजेट स्थानीय तहमानै पठाउने प्रणालीका लागि छलफल भइरहेको बताए। धुलिखेल अस्पतालका कार्यकारी निर्देशक प्राडा रामकण्ठ माकाजूले एक चिकित्सकले ४० हजार नागरिकलाई हेर्नुपर्ने अवस्थाबाट १० हजारसम्ममा ल्याइनु स्वास्थ्य क्षेत्रमा प्रगति भएको मान्नुपर्ने बताए। सो अवसरमा जिसस प्रमुख दिप गौतमले सबै क्षेत्र मिलेर नागरिकलाई स्वस्थ बनाउन वार्षिक कार्यक्रमसहित स्थानीयस्तरमा जाने बताए।

प्रकाशित मिति: १८:४९ बजे, शुक्रबार, भदौ १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्