Kathmandu Press

देशमा बनाउने आर्दश व्यक्ति खोजिरहेको छु : केपी ओली

सुन्दरहरैँचा, भदाै १७ : पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देश बनाउने एउटा आर्दश व्यक्ति खोजिरहेको बताएका छन। उनले मुलुकमा एउटा...
देशमा बनाउने आर्दश व्यक्ति खोजिरहेको छु : केपी ओली

सुन्दरहरैँचा, भदाै १७ : पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देश बनाउने एउटा आर्दश व्यक्ति खोजिरहेको बताएका छन। उनले मुलुकमा एउटा असल व्यक्तिको खाँचो रहेकाले मुलुक उसैलाई सुम्पिन चाहेको बताए।

नेपाल जेसीज क्षेत्र ‘क’ सम्मेलनको अवसरमा मोरङको सुन्दरहरैँचामा शुक्रबार इन्द्रपुर जेसीज आतिथ्य शाखाको रूपमा रहेको समारोहमा उनले नेपालको हित र विकासका लागि सबै नेपाली सचेत भएर अघि बढ्न जरूरी रहेको बताए।

Hardik ivf

अध्यक्ष ओलीले नयाँ देश बनाउने मान्छे अरू कोही नभएर तपाईंहरू स्वयं भएको उल्लेख गरे। उनले देशलाई समाजिक, आर्थिकरूपमा अघि बढाउन एकता र नेतृत्वको खाँचो भएको उल्लेख गर्दै भने, 'नेपाल नेपालीले बनाउने तथा चलाउने हो, अरूले होइन।'

उनले हाम्रो देश प्रकृतिको सुन्दरतामा समेत धनी भएकाले विश्वको अग्लो सगरमाथाको शिखरदेखि तराईका होचा खेतीयोग्य जमिनको भुगोलसमेतले देशको पहिचान र सुन्दरता बोकेको बताए।

प्रकाशित मिति: १८:१५ बजे, शुक्रबार, भदौ १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्