Kathmandu Press

चुनावी धाँधली भएको आरोपमा तीन वर्षको जेल सजाय

याङ्गुन, भदाै १७ : म्यानमारको एक अदालतले अपदस्थ नेतृ आङ सान सुकीलाई सन्  २०२० को निर्वाचनमा धाँधली गरेको आरोपमा शुक्रबार तीन वर्षको जेल सजाय...
चुनावी धाँधली भएको आरोपमा तीन वर्षको जेल सजाय

याङ्गुन, भदाै १७ : म्यानमारको एक अदालतले अपदस्थ नेतृ आङ सान सुकीलाई सन्  २०२० को निर्वाचनमा धाँधली गरेको आरोपमा शुक्रबार तीन वर्षको जेल सजाय सुनाएको छ।

यस निर्वाचनमा सुकीको पार्टीले अत्याघिक बहुमतको साथै विजय प्राप्त गरेको थियो। सुकीलाई तीन वर्ष कडा परिश्रम गर्नु पर्ने सजाय सुनाइएकोे स्रोतले जनाएको छ।  ७७ वर्षीया नोबेल पुरस्कार विजेता सुकीको स्वास्थ्य हालसम्म राम्रै रहेको बताइएको छ। 

भ्रष्टाचार र अन्य आरोपमा बन्द अदालतले दोषी ठहर गरेपछि गत वर्षदेखि हिरासतमा रहनु भएका सुकीलाई पहिले नै १७ वर्षको जेल सजाय सुनाएको थियो।सेनाद्वारा निर्मित राजधानी नेपिडाउमा पत्रकारहरूलाई रोक लगाइएको छ।  सुकीका वकिलहरुलाई प्रेससँग वार्ता गर्न   पनि रोकिएको छ।

सेनाले नोभेम्बर २०२० को चुनावमा व्यापक मतदाता जालसाजी भएको आरोप लगाएको थियो। यस चुनावमा  सुकीको नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) ले ठूलो जित हासिल गरेको थियो। यद्यपि अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले मतदान धेरै हदसम्म स्वतन्त्र र निष्पक्ष भएको बताएका थिए।

यद्यपी सेनाले त्यस चुनावको नतिजा रद्द गरेको थियो। सो चुनावमा  ११ लाख भन्दा बढी जालसाजीका घटनाहरू पत्ता लगाएको पनि सेनाको एकपक्षीय दाबी रहेको थियो। गत वर्ष सेनाले सत्ता कब्जा गरेपछि म्यानमार सङ्कटमा फसेको छ। देशको ठूलो हिस्सामा लडाइँ र अर्थतन्त्र खुम्चिएको छ। 

प्रकाशित मिति: १६:३७ बजे, शुक्रबार, भदौ १७, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्