Kathmandu Press

महिलाका निम्ति छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्ने माग

काठमाडौं, भदौ १७ : विभिन्न राजनीतिक दलका नेताले आगामी मङ्सिर ४ गते हुने सङ्घ र प्रदेशको निर्वाचनमा महिलाका निम्ति छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्नेमा जोड...
महिलाका निम्ति छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्ने माग

काठमाडौं, भदौ १७ : विभिन्न राजनीतिक दलका नेताले आगामी मङ्सिर ४ गते हुने सङ्घ र प्रदेशको निर्वाचनमा महिलाका निम्ति छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्नेमा जोड दिएका छन्। 

दलित महिला केन्द्र नेपाल र माण्डवी नामक संस्थाले यहाँ आज आयोजना गरेको ‘आगामी आम निर्वाचनमा महिलाको अर्थपूर्ण सहभागितासम्बन्धी र राजनीतिक दलको भूमिका’ विषयक अन्तक्र्रियामा दलका नेताहरुले समानुपातिकमा ३३ प्रतिशत मात्रै नभई प्रत्यक्ष निर्वाचनमा महिला उम्मेदवारका निम्ति टिकटको व्यवस्था गर्नुपर्नेमा जोड दिए। 

Hardik ivf

नेपाली कांग्रेसका सचेतक मीन विश्वकर्माले प्रत्यक्ष निर्वाचनमा महिला सहभागिता बढाउन महिलाको नेतृत्व विकाससँगै राजनीतिक पार्टीले प्रष्ट नीतिगत व्यवस्था गरी त्यसको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने धारणा व्यक्त गरे। 

नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य अमृता थापा मगरले प्रत्यक्ष निर्वाचनमा महिलाका निम्ति टिकट पाउनुपर्ने बाध्यकारी व्यवस्था गर्नुपर्ने बताइन्। नेकपा (एकीकृत समाजवादी) का सचिव गोमा विष्टले निर्वाचनमा महिलालाई ३३ प्रतिशत छुट्टै निर्वाचन क्षेत्रको संवैधानिक व्यवस्था गर्नुपर्नेमा जोड दिइन्। जनता समाजवादी पार्टीका सचेतक प्रमोद शाहले आरक्षणका नाममा एउटै व्यक्तिले पटकपटक आरक्षण पाउने गरेको र लक्षित वर्गले नपाएको भन्दै आपत्ति जनाए

नेकपा (एमाले) का सांसद जयन्ती राईले निर्वाचन प्रणाली परिवर्तन गरी पूर्ण समानुपातिकका निर्वाचन प्रणाली लागू गर्नुपर्ने बताइन्। दलित महिला केन्द्र नेपालका अध्यक्ष तथा संविधानसभाका सदस्य दुलारी हरिजनले महिला र दलित समुदायको सवालमा ऐन÷कानून र संविधानिक व्यवस्थाको प्रभावकारी कार्यान्वयन नभएको बताइन्। 

प्रकाशित मिति: १६:०८ बजे, शुक्रबार, भदौ १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्