Kathmandu Press

आइएस कार्यकर्ता मारिए

काबुल, भदाै १७ : अफगान सुरक्षा बलले पश्चिमी फराह प्रान्तमा इस्लामिक स्टेट (आइएस) का कार्यकर्तालाई मारेको छ।आईएस कार्यकर्ता लुकेको सुचनाका आधारमा सेनाले कारबाही...
आइएस कार्यकर्ता मारिए

काबुल, भदाै १७ : अफगान सुरक्षा बलले पश्चिमी फराह प्रान्तमा इस्लामिक स्टेट (आइएस) का कार्यकर्तालाई मारेको छ।

आईएस कार्यकर्ता लुकेको सुचनाका आधारमा सेनाले कारबाही गर्दा गर्दा एक जनालाई मारेको राज्य सञ्चालित बख्तर समाचार समितिले जनाएको छ। 

बख्तर समाचार समितिका अनुसार कारबाहीस्थलबाट भारी मात्रामा गोलाबारूद बरामद गरिएको छ।

कारबाहीका क्रममा सुरक्षा बलका सदस्यमा कुनै क्षति भएको छैन। यद्यपि पूर्ण विवरण प्राप्त भएको छैन।

निजी क्षेत्रबाट सञ्चालित एउटा टेलिभिजन च्यानलले भने मारिएका व्यक्तिको परिचय आईएसका गभर्नरका रूप दिँदै कारबाहीका क्रममा अन्य तीन जना पक्राउ परेका जनाएको छ। 

प्रकाशित मिति: १६:०५ बजे, शुक्रबार, भदौ १७, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्