Kathmandu Press

कराँतेको टिम कातामा नेपाललाई स्वर्ण

काठमाडौं, मंसिर १६ : १३औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग)मा नेपाली महिला टोलीले टिम कातामा स्वर्ण जितेको छ।

कराँतेको महिलातर्फको टिम....

कराँतेको टिम कातामा नेपाललाई स्वर्ण

काठमाडौं, मंसिर १६ : १३औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग)मा नेपाली महिला टोलीले टिम कातामा स्वर्ण जितेको छ।

कराँतेको महिलातर्फको टिम कातामा निर्मला तामाङ, सरु कार्की र संगिता मगरको टोलीले स्वर्ण जितेको हो। नेपाली टोलीलाई पाकिस्तानी टोलीलाई पराजित गरेको छ।

नेपाली टोलीले २४.८८ अंक प्राप्त गरेको थियो भने पाकिस्तानी टोलीले २३.०३ अंक प्राप्त गरेको थियो।

यसअघि मण्डेकाजी श्रेष्ठले नेपाललाई पहिलो स्वर्ण दिलाएका थिए। उनले कराँतेको प्रतिस्पर्धामा पुरुष एकल कातामा स्वर्ण जितेका हुन्। उनले फाइनलमा पाकिस्तानी खेलाडीलाई पराजित गरेका छन्।

त्यसअघि महिला एकल कातामा नेपालकी चञ्चला दनुवारले पहिलाे पदक दिलाएकी थिइन्। उनले रजत पदक जितेकी हुन्। उनी फाइनलमा पाकिस्तानी खेलाडीसँग पराजित भएकी थिइन्।

त्यस्तै, २९ वर्षमुनीको व्यक्तिगत पोम्से (तेक्वान्दो)तर्फ नेपालका कमल श्रेष्ठले स्वर्ण पदक जितेका छन्।

यो विधामा भारतका राहुल जैनले रजत र श्रीलंकाका खेलाडीले कास्य पदक जितेको छन्।

प्रकाशित मिति: १२:१९ बजे, सोमबार, मंसिर १६, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्