Kathmandu Press

नेकपा एस बागलुङद्वारा उम्मेदवारको नाम सिफारिस

बागलुङ, भदौ १७ : अगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि बागलुङमा नेकपा ९एकीकृत समाजवादी०ले उम्मेदवाको नाम सिफारिस गरिएकोे छ।क्षेत्र नम्बर १बाट  प्रतिनिधिसभा सदस्यका लागि...
नेकपा एस बागलुङद्वारा उम्मेदवारको नाम सिफारिस

बागलुङ, भदौ १७ : अगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि बागलुङमा नेकपा ९एकीकृत समाजवादी०ले उम्मेदवाको नाम सिफारिस गरिएकोे छ।

क्षेत्र नम्बर १बाट  प्रतिनिधिसभा सदस्यका लागि स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश अध्यक्ष रामजीप्रसाद शर्मा र केन्द्रीय सदस्य श्रीप्रसाद शर्माको नाम सिफारिस गरिएकोे छ।  

यस्तै क्षेत्र नम्बर १ प्रदेश ९क० बाट लालबहादुर थापा र भरत पुरीलाई सिफारिस गरिएकोे छ । गठबन्धन भएको खण्डमा सङ्घ र प्रदेश सांसदमा सिफारिस गरेकामध्येबाटै मिलाउने गरी  क्षेत्र नम्बर १ प्रदेश (ख)बाट अन्यको नाम सिफारिस नगरिएको पार्टीका जिल्लास्तरीय प्रचार विभाग प्रमुख शालिकराम शर्माले जानकारी दिए। 

यस्तै बागलुङ क्षेत्र नम्बर २बाट प्रतिनिधिसभा सदस्यका कालगि पूर्वसंसद् तथा पार्टीका केन्द्रीय सदस्य शान्ति अधिकारीको नाम सर्वसम्मत सिफरिस गरिएको छ। 

क्षेत्र नम्बर २ कै प्रदेशसभा (क)बाट सदस्यका लागि पार्टी केन्द्रीय परिषद् सदस्य कमल घिमिरे र क्षेत्र नम्बर २ प्रदेशसभा सदस्यका लागि (ख) बाट जिल्ला सचिवालय सदस्य हरि घर्तीको नाम सिफारिस गरिएको प्रचार विभाग प्रमुख शर्माले बताए। यस्तै  क्षेत्र नम्बर २ बाट समानुपातिकतर्फ प्रदेश कमिटी सदस्य लिला शेरचन र पार्टी जिल्ला कमिटी उपाध्यक्ष केशर छन्त्याललाई सिफारिस गरिएको छ।  

प्रकाशित मिति: १५:२० बजे, शुक्रबार, भदौ १७, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्