यस्तो छ दीपिकालाई कार्तिकले सिकाएको डान्स
काठमाडौं, मंसिर १६ : बलिउड अभिनेत्री दीपिका पादुकोणलाई अनिनेता कार्तिक आर्यनले डान्स सिकाएको भिडियो भाइरल भएको छ।
दीपिकाले केही दिन अघि इन्ट....

काठमाडौं, मंसिर १६ : बलिउड अभिनेत्री दीपिका पादुकोणलाई अनिनेता कार्तिक आर्यनले डान्स सिकाएको भिडियो भाइरल भएको छ।
दीपिकाले केही दिन अघि इन्ट्राग्राममा एउटा स्टोरी सेयर गरेकी थिइन्। जहाँ उनले कार्तिकलाई ‘धिमे धिमे’को गीतमा डान्स सिकाउन आग्रह गरेकी थिइन्।
‘कार्तिक के तिमि मलाई धिमे धिमेको स्टेप्स सिकाउँछौ? मलाई पनि धिमे धिमे प्रतिष्पर्धामा भाग लिनु छ,’ उनले लेखेकी थिइन्।
भर्खरै सार्वजनिक गरिएको भिडियोमा कार्तिकले उनको इच्छा पूरा गरेका छन्। मुम्बई विमानस्थलमा फिल्म ‘पतिपत्नी’को गीत ‘धिमे धिमे’मा कार्तिकले डान्स स्टेप सिकाउदै गरेको देखिन्छ।
भिडियोमा दीपिका निकै अप्ठेरोसँग डान्स स्टेप गरिरहेको देख्न सकिन्छ। दीपिका र कार्तिकलाई डान्स स्टेप्स गरिरहेको देखेर उनका फ्यानहरु ताली बजाउँछन्।
कार्तिक, भूमि पेडनकर र अनन्या पाण्डे अभिनित फिल्म ‘पतिपत्नी’ यहिँ डिसेम्बरमा रिलिज हुँदै छ। फिल्म मुदस्सर अजीज निर्देशन गरेका हुन्।
दीपिका पादुकोण फिल्म ‘पद्यावत’पछि बलिउडमा देखिएकी छैनन्।












