Kathmandu Press

अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालन

काठमाडौं, भदौ १७ : पहिरो खसेर अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ ।  आज बिहान ८ बजे सडकखण्डको केराबारी र १८ किलोमा पहिरो...
अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालन
Hardik ivf

काठमाडौं, भदौ १७ : पहिरो खसेर अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ ।  

आज बिहान ८ बजे सडकखण्डको केराबारी र १८ किलोमा पहिरो खसेर अवरुद्ध भएको सडक बिहान ११ः४५ बजेपछि सञ्चालनमा ल्याइएको हो ।  

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार दुवै ठाउँमा लेदोसहितको पहिरो खसेको थियो । पहिरो पन्छाएसँगै सडक सञ्चालनमा आएको हो । पहिरोका कारण रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन्।

प्रकाशित मिति: १३:५० बजे, शुक्रबार, भदौ १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्