Kathmandu Press

मेलम्ची–पाँचपोखरी सडक सञ्चालनमा

सिन्धुपाल्चोक, भदौ १७ : पहिरोका कारण विगत दुई हप्तादेखि अवरुद्ध मेलम्ची पाँचपोखरी सडक पुनः सञ्चालन भएको छ । मेलम्ची–९ राम्चे डाँडामा सडक भासिदा सडक...
मेलम्ची–पाँचपोखरी सडक सञ्चालनमा

सिन्धुपाल्चोक, भदौ १७ : पहिरोका कारण विगत दुई हप्तादेखि अवरुद्ध मेलम्ची पाँचपोखरी सडक पुनः सञ्चालन भएको छ । मेलम्ची–९ राम्चे डाँडामा सडक भासिदा सडक अवरुद्ध भएको थियो। 

जोखिम मोलेरै सर्वसाधारण यात्रा गर्न थालेपछि दुर्घटना हुनसक्ने जनाउँदै मेलम्ची नगरपालिकाले र पाँचपोखरी थाङ्पाल गाउँपालिकाले जोखिम मोलेर यात्रा नगर्न आग्रह गरेको थियो।  

Hardik ivf

ठूला सवारी साधन बन्द गराएर नगरपालिकाले जाली भर्ने तथा मर्मतको कार्य गरेको नगरप्रमुख आइतमान तामाङले जानकारी दिए। 

आज बिहानबाट सडक पूर्णरुपमा सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक उत्तमसिंह भण्डारीले जानकारी दिए ।  सडक बन्द हुँदा चाडपर्व मनाउन आउजाउ गर्नेलगायतलाई समस्या भएको थियो। 

प्रकाशित मिति: १३:३९ बजे, शुक्रबार, भदौ १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्