Kathmandu Press

अफ्रिकाको शान्ति र सुरक्षाको अवस्थामा सुधार भएको छ : अफ्रिकी युनियन

अफ्रिकाको शान्ति र सुरक्षाको अवस्थामा सुधार भएको छ : अफ्रिकी युनियन

नैरोबी, भदाै १७ : अफ्रिकी देशहरुमा शान्ति र सुरक्षाको अवस्थामा उन्नति भएको अफ्रिकी युनियनले जानकारी दिएको छ।

यहाँका आन्तरिक द्वन्द्व एवं अन्य विवादहरुका विषयमा भएका अफ्रिकी देशहरुका सामुहिक प्रयासका कारण यी देशहरुको शान्ति सुरक्षाको अवस्थामा सुधार आएको बताइएको हो।

Hardik ivf

अफ्रिकी युनियनका एकजना अधिकारीले अफ्रिकी देशहरुमा पछिल्लो समयमा देखा परिरहेको अशान्ति र आतङ्कवादी क्रियाकलापहरुको नियन्त्रणका क्षेत्रमा सबै देशले सामूहिक रुपमा प्रयास गरेका छन्।

सोही प्रयासका कारण यहाँको शान्ति सुरक्षाको अवस्थामा सुधार आएको युनियनको निशस्त्रीकरण आयोजनाका प्रमुख तथा सुरक्षा क्षेत्र सुधार विभागका प्रमुख क्रिस्टोफर सुना कायोसेले बताएका हुन्।

केन्याको राजधानी नैरोबीमा भएको एक सम्मेलनमा आफ्ना धारणा राख्दै उनले बिहीबार भने, 'यो सुधार अफ्रिकी देशहरुको सामूहिक प्रयासको प्रतिफल हो।'

यसका साथै यी देशहरुले नागरिक समाजका विभिन्न संघ संगठनहरुको परिचालनका साथै शान्ति सुरक्षा कायम राख्न शान्ति सेनाको पनि परिचालन गरिएको छ।

यी प्रयासहरु अफ्रिकी देशहरुले सामूहिक रुपमा गरिरहेका र नागरिक संघसंस्थाहरुलाई पनि हत्या हिंसाका विरुद्धमा जनचेतनाका कार्यक्रमहरु गरिएको उनले बताए।

प्रकाशित मिति: १३:३३ बजे, शुक्रबार, भदौ १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्