Kathmandu Press

नेपाललाई मण्डेकाजीले दिलाए पहिलो स्वर्ण

काठमाडौं, मंसिर १६ : १३औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग)मा मण्डेकाजी श्रेष्ठले नेपाललाई पहिलो स्वर्ण दिलाएका छन्।

सोमबार बिहान भएको....

नेपाललाई मण्डेकाजीले दिलाए पहिलो स्वर्ण
रासस

काठमाडौं, मंसिर १६ : १३औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग)मा मण्डेकाजी श्रेष्ठले नेपाललाई पहिलो स्वर्ण दिलाएका छन्।

सोमबार बिहान भएको कराँतेको प्रतिस्पर्धामा मण्डेकाजीले पुरुष एकल कातामा स्वर्ण जितेका हुन्। उनले फाइनलमा पाकिस्तानी खेलाडीलाई पराजित गरेका छन्।

यसअघि महिला एकल कातामा नेपालकी चञ्चला दनुवारले रजत पदक जितेकी छन्। उनी फाइनलमा पाकिस्तानी खेलाडीसँग पराजित भएकी थिइन्।

त्यस्तै, २९ वर्षमुनीको व्यक्तिगत पोम्से (तेक्वान्दो)तर्फ नेपालका कमल श्रेष्ठले स्वर्ण पदक जितेका छन्।

यो विधामा भारतका राहुल जैनले रजत र श्रीलंकाका खेलाडीले कास्य पदक जितेको छन्।

 

प्रकाशित मिति: ११:३४ बजे, सोमबार, मंसिर १६, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्