मोरङ-२ बाट मीनेन्द्र र सुजाताको नाम सिफारिस
काठमाडौं, भदौ १७ : आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजाल र नेत्री सुजाता कोइरालाको नाम मोरङ-२ बाट...
काठमाडौं, भदौ १७ : आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजाल र नेत्री सुजाता कोइरालाको नाम मोरङ-२ बाट सिफारिस भएको छ।
नेपाली कांग्रेस मोरङ–२ को बिहीबार बसेको बैठकले कांग्रेस मोरङले प्रतिनिधिसभा, प्रदेश र समानुपातिकका आकांक्षी उम्मेदवारको नाम सिफारिस गर्ने क्रममा प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फका उम्मेदवारका लागि मोरङ–२ का लागि पूर्वउपप्रधानमन्त्रीसमेत रहेकी कोइराला र सांसद रिजालको नाम सिफारिस गरेको हो।
रिजाल २०७४ सालको निवार्चनमा सोही क्षेत्रबाट प्रतिनिधसभा सदस्यमा निर्वाचित भएका थिए।
बैठकले प्रतिनिधिसभा समानुपातिकतर्फ अब्दुल रहिम, गोपालमान सिंह राजभण्डारी, कर्णबहादुर याक्खा र कलाकुमारी सिंहको नाम सिफारिस गरेको छ।
यस्तै प्रदेशसभा (क) प्रत्यक्षतर्फ जीवन पनेरु, कनैया राजवंशी, शान्ता पौडेल, फणिन्द्र यादव, सिवनारायण सिंह र रविन राईको नाम सिफारिस गरेको छ।
प्रदेशसभा (ख) प्रत्यक्षतर्फ सुमन कुँवर, यदु विष्ट, मदन संग्रौला, महेश्वर राजवंशी, इन्द्रमणी थापा र विनोद कार्कीको नाम सिफारिस गरिएको छ।












