पाँचखालका नगरप्रमुख महेश खरेललाई डेंगु संक्रमण
काठमाडौं, भदौ १७ : काभ्रेको पाँचखाल नगरपालिकाका नगरप्रमुख महेश खरेललाई डेंगु संक्रमण भएको छ । नगरप्रमुख खरेलले शुक्रबार सामाजिक सञ्जालमार्फत आफूलाई डेंगु संक्रमण भएको जानकारी...
काठमाडौं, भदौ १७ : काभ्रेको पाँचखाल नगरपालिकाका नगरप्रमुख महेश खरेललाई डेंगु संक्रमण भएको छ ।
नगरप्रमुख खरेलले शुक्रबार सामाजिक सञ्जालमार्फत आफूलाई डेंगु संक्रमण भएको जानकारी दिएका हुन् । डेंगु संक्रमणका कारण एक सातादेखि नियमित काममा सहभागि हुन नसकेको उनले बताएका छन् । अहिले स्वास्थ्यमा क्रमिक सुधार भइरहेको पनि जानकारी दिएका छन् ।
नगरप्रमुख खरेलले आइतबारबाट नियमित काम र कार्यक्रममा सहभागी हुने जानकारी दिएका छन् । उनले नगरबासीलाई स्वास्थ्यमा सचेत रहन आग्रह गरेका छन् ।
प्रकाशित मिति: १२:५१ बजे, शुक्रबार, भदौ १७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












