Kathmandu Press

नरैनापुरका किसानलाई राहतको प्याकेज उपलब्ध गराउन माग

बाँके, भदौ १७ : बाँकेको नरैनापुर गाउँपालिकामा सबै वडाका किसानलाई सिँचाइको सुविधा हुने गरी डिप बोरिङ जडान र राहतको प्याकेज उपलब्ध गराउन माग गरिएको...
नरैनापुरका किसानलाई राहतको प्याकेज उपलब्ध गराउन माग

बाँके, भदौ १७ : बाँकेको नरैनापुर गाउँपालिकामा सबै वडाका किसानलाई सिँचाइको सुविधा हुने गरी डिप बोरिङ जडान र राहतको प्याकेज उपलब्ध गराउन माग गरिएको छ। 

गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले लुम्बिनी प्रदेशसभा सदस्य कृष्णा केसीको विशेष उपस्थितिमा बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीलाई ज्ञापनपत्र बुझाउँदै सो माग गरेका हुन्। गत वर्षको बेमौसमी वर्षाका कारण भित्र्याउने अवस्थाको धानबालीमा ठूलो नोक्सानी बेहोर्नुपरेका नरैनापुरका किसानले लामो समयको खडेरीका कारण धानसमेत रोप्न पाएका छैनन्। 

Hardik ivf

खडेरीका कारण धान रोप्न र बर्सातमा लगाइने खेतीसमेत लगाउन नपाएकाले किसानले सुक्खा तथा खडेरी बेहोर्न नपर्ने गरी आफूले प्रदेश र सङ्घमा निरन्तर पहल गरेको लुम्बिनी प्रदेशसभा सदस्य कृष्ण केसीले बताए । उनले नरैनापुर अत्यन्तै पिछडिएको क्षेत्र भएको र गत वर्षको बेमौसमी बर्सातले धान सखाप परेको भन्दै गर्दै यो वर्ष पनि लामो खडेरीका कारण धान रोप्न नपाएका किसानलाई राहत र सिँचाइका लागि डिप बोरिङको व्यवस्था गर्न पहल भएको उल्लेख गरे। 

जिल्लाको अन्न भण्डारका रुपमा आफ्नो परिचय बनाएको गाउँपालिकालाई सुक्खा क्षेत्र घोषणा गरिएको छ । खडेरीका कारण वर्षे खेती लगाउन नसकिएको र लगाएको पनि खडेरीका कारण सुकेर गएकाले सङ्घ र प्रदेशले नरैनापुरका लागि विशेष प्याकेज घोषणा गर्न आवश्यक रहेको गाउँपालिका अध्यक्ष शाहले बताए । 

प्रकाशित मिति: १२:०८ बजे, शुक्रबार, भदौ १७, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्