Kathmandu Press

सुदूरपश्चिममा आज गौरा पर्वको बिदा

सुदूरपश्चिम, भदौ १७ : सुदूरपश्चिम प्रदेश सरकारले गौरापर्वका अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सुदूरपश्चिम प्रदेशभरिका सरकारी तथा सार्वजनिक निकायमा...
सुदूरपश्चिममा आज गौरा पर्वको बिदा

सुदूरपश्चिम, भदौ १७ : सुदूरपश्चिम प्रदेश सरकारले गौरापर्वका अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सुदूरपश्चिम प्रदेशभरिका सरकारी तथा सार्वजनिक निकायमा बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता विष्णुदत्त अवस्थीले जानकारी दिए। 

Hardik ivf

प्रदेश सरकारले गौरापर्वका अवसरमा दिइँदै आएको बिदा कटौती गरेको भन्दै विभिन्न सङ्घसंस्था र राजनीतिक दलहरूले विज्ञप्ति जारी गरी आलोचना गरेपछि प्रदेश सरकारको मन्त्रिपरिषद्कोे बैठकले बिदा दिने निर्णय गरेको हो।

यसैबीच कञ्चनपुरका नौवटै स्थानीय तहले सुदूरपश्चिमको महत्वपूर्ण पवै गौरामा आज स्थानीय बिदा दिने निर्णय गरेका छन्। 

प्रकाशित मिति: ११:४८ बजे, शुक्रबार, भदौ १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्