Kathmandu Press

जलवायु परिवर्तनको सामना गर्नु सबैको दायित्व हो : मन्त्री यादव

काठमाडाैं, भदाै १६ : वन तथा वातावरणमन्त्री प्रदीप यादवले जलवायु परिवर्तनको सामना गर्नु सबैको दायित्व भएको बताएका हुन। आज मन्त्रालयको आयोजनामा आगामी नोभेम्बरमा...
जलवायु परिवर्तनको सामना गर्नु सबैको दायित्व हो : मन्त्री यादव

काठमाडाैं, भदाै १६ : वन तथा वातावरणमन्त्री प्रदीप यादवले जलवायु परिवर्तनको सामना गर्नु सबैको दायित्व भएको बताएका छन। आज मन्त्रालयको आयोजनामा आगामी नोभेम्बरमा इजिप्टमा हुने राष्ट्रसङ्घीय जलवायु सम्मेलन (कोप २७) मा नेपालले उठान गर्ने मुद्दाबारे विभिन्न सङ्घ संस्थासँगको छलफल तथा अन्तक्र्रिया कार्यक्रममा मन्त्री यादवले हामी सबैले कार्बन उत्सर्जनलाई कम गरेर र दिगो जीवनशैलीलाई अपनाई तथा प्रसार गरेर जलवायु परिवर्तनको सामना गर्न मद्दत गर्नुपर्ने बताए।

उनले भने, 'जलवायु परिर्वतनका कारण विश्वमा विभिन्न बाढी पहिरोलगायतका घटना भइरहेका छन्, यो समस्या सामाधानका लागि विश्वव्यापीरुपमा प्रयास भइरहेकाले हामीले पनि समस्या समाधानका लागि अग्रसर हुन आवश्यक छ।' मन्त्री यादवले राष्ट्रिय जलवायु परिर्वतन नीति २०७६ तर्जुमा भई कार्यान्वयनमा रहेकोसमेत जानकारी गराए।

Hardik ivf

नेपालले बनाएको नीति तथा रणनीति तथा कार्यक्रम सबै तहमा कार्यान्वयन गरिनेसमेत उनको भनाइ थियो। हाम्रा महत्वाकाङ्क्षी प्रतिबद्धता तथा कार्यक्रम कार्यान्वयन गर्न हामीलाई अन्तर्राष्ट्रिय सहयोग आवश्यक पर्ने भएकाले नेपालले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रममा पनि यो कुरा राखेको मन्त्री यादवले बताए। मन्त्री यादवले मन्त्रालयका राष्ट्रसेवक कर्मचारी, आम नागरिक, सामुदायिक वनका पदाधिकारीलगायत विभिन्न संस्थाको सहयोगमा वनको कूल हिस्सा ४५ प्रतिशतभन्दा बढी पुगेकाले आफूहरु आफ्नो लक्ष्यभन्दा माथि पगेको दाबीसमेत गरे।

कार्यक्रममा मन्त्रालयका सचिव डा पेमनारायण कँडेलले भने, 'जलवायु परिर्वतनमा हामी सबैले सहयोग गर्न आवश्यक छ, हाम्रै कारणले कष्ट नहोस्।' वन तथा वातावरण मन्त्रालयले कोप २७ मा नेपालले उठाउने र उठाउनुपर्ने मुद्दा तय गर्न सरोकारवाला निकायसँग छलफल गरेको थियो। जलवायु परिवर्तन न्यूनीकरण महाशाखा प्रमुख डा बुद्धिसागर पौडेलका अनुसार त्यसका लागि दुई वटा समिति तय भएका छन्। एजेण्डा तय गर्न वन तथा वातावरणमन्त्री यादवको नेतृत्वमा निर्देशक समिति गठन भएको छ भने सचिव डा कँडेलको नेतृत्वमा मस्यौदा समिति रहेको छ। त्यसबाहेक विज्ञ समिति पनि गठन गरिएको उनले जानकारी दिए।

कोपमा एक सय ९७ देश सदस्य रहेका छन्। कोप ‘युनाइटेड नेशन फ्रेमवर्क कन्भेन्सन अन क्लाइमेट चेन्ज’ (यूएनएफसीसीसी) अन्तर्गतको सम्मेलन हो। कोप २६ स्कटल्यान्डको ग्लास्गोमा भएको थियो।

प्रकाशित मिति: २०:४८ बजे, बिहीबार, भदौ १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्