Kathmandu Press

राष्ट्रपतिबाट महिला चिकित्सक सम्मानित

काठमाडाैं, भदाै १६ : राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न महिला चिकित्सकलाई ‘वुमन इन मेडिसिन इन नेपाल २०२२’ अवार्डबाट आज सम्मानित गरेकी छन।      राष्ट्रपति भवनमा...
राष्ट्रपतिबाट महिला चिकित्सक सम्मानित

काठमाडाैं, भदाै १६ : राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न महिला चिकित्सकलाई ‘वुमन इन मेडिसिन इन नेपाल २०२२’ अवार्डबाट आज सम्मानित गरेकी छन।
      
राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा उनले नेपाली चिकित्सा क्षेत्रमा योगदान दिएका १५ जना महिला चिकित्सकलाई नेपाल चिकित्सक सङ्घको सिफारिसमा विशेष सम्मान प्रदान गरेकी हुन।

अवार्ड पाउनेमा डा आस्मा राणा, डा वसुधा खनाल, डा कमला बुढाथोकी, डा लक्ष्मीनानी श्रेष्ठ, डा मीरा मल्ल, डा मिथिला शर्मा अधिकारी, डा रोशना अमात्य, डा स्वराज प्रधान राजभण्डारी, डा तीर्थ राणा र डा उषा शाह छन।

समारोहमा डा विमला ओझा, डा गीता बस्न्यात, डा नारायणी श्रेष्ठलाई वुमन इन मेडिसिन लाइफटाइम अवार्ड प्रदान गरिएको थियो।

प्रकाशित मिति: २०:३९ बजे, बिहीबार, भदौ १६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्