Kathmandu Press

धनगढिकाे मोहना नदीमा डुबेर दुई बेपत्ता

धनगढिकाे मोहना नदीमा डुबेर दुई बेपत्ता

धनगढी, भदाै १६ : धनगढीको मोहना नदीमा डुबेर आज दुई जना बेपत्ता भएका छन्। धनगढी उपमहानगरपालिका–१९ स्थित मोहना नदीमा खेदा गाउँका बमबहादुर चौधरीको २६ वर्षीय छोरा माने भन्ने रिसमान चौधरी नदीमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए।

रिसमान नदीमा बाढीले बगाई ल्याएको दाउरा निकाल्ने क्रममा पानीमा डुबेर बेपत्ता भएका हुन्। धनगढी उपमहानगरपालिका– ३ चटकपुरस्थित मोहना नदीमा डुबेर सोही ठाउँका मोहन रानाको १० वर्षीय छोरा प्रिन्स नदीमा डुबरे बेपत्ता भएको प्रहरी नायब उपरीक्षक जोशीले बताए। नदीमा डुबेर बेपत्ता दुवैको खोजी भइरहको बताइएको छ।

Hardik ivf

महिलाको शव फेला

कैलालीको मोहना नदीमा आज एक महिलाको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार भजनी नगरपालिका–३ कुसुमघाटस्थित मोहना नदीमा बगिरहेका अवस्थामा फुलेको कपाल भएको पहिचान खुल्न नसकेको अन्दाजी ७० वर्षीया महिलाको शव फेला परेको हो। महिलाको शव अहिले टीकापुर अस्पतालमा राखिएको छ।

प्रकाशित मिति: २०:३७ बजे, बिहीबार, भदौ १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्