Kathmandu Press

फिलिपिन्समा कोरोना सङ्क्रमणबाट ५० जनाको मृत्यु

फिलिपिन्समा कोरोना सङ्क्रमणबाट ५० जनाको मृत्यु

फिलिपिन्स, भदाै १६ : फिलिपिन्समा बुधबार थप ३,७६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। योसँगै सङ्क्रमितको  कुल संख्या ३,८८३,९५७  पुगेको छ।

यहाँको स्वास्थ्य विभागले दिएको जानकारी अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या २२, २५९ पुगेको छ। त्यसैगरी सङ्क्रमणको जटिलताबाट थप एकै दिनमा ५० जना बिरामीको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको सङ्ख्या ६१, ८६४ पुगेको छ।

करिब ११ करोड जनसङ्ख्या भएको फिलिपिन्समा ७ करोड २५ लाखभन्दा बढी मानिसहरूलाई कोरोना विरुद्धको पूर्ण मात्राको खोप लगाइएको छ।

प्रकाशित मिति: २०:०३ बजे, बिहीबार, भदौ १६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्