Kathmandu Press

गोकर्णेश्वरमा अनुमतिबिना स्काभेटर चलाउन रोक

काठमाडौं, भदौ १६ : गोकर्णेश्वर नगरपालिकाले आफ्नो पालिकाभित्र अनुमतिबिना डोजर र स्काभेटर प्रयोग गर्न रोक लगाएको छ। जग्गा प्लटिङ गर्ने तथा मिलाउने नाममा प्रयोग गरिने...
गोकर्णेश्वरमा अनुमतिबिना स्काभेटर चलाउन रोक

काठमाडौं, भदौ १६ : गोकर्णेश्वर नगरपालिकाले आफ्नो पालिकाभित्र अनुमतिबिना डोजर र स्काभेटर प्रयोग गर्न रोक लगाएको छ। 

जग्गा प्लटिङ गर्ने तथा मिलाउने नाममा प्रयोग गरिने उक्त मेसिनरी औजारले पहिरो जाने सम्भावना उच्च भएको भन्दै नगरपालिकामा गुनासो आउन थालेपछि स्काभेटर प्रयोगमा रोक लगाइएको हो। 

नगरप्रमुख दीपक रिसालका अनुसार, ‘नगरपालिकामा सधिँयारको जग्गा, भवन तथा पर्खालमासमेत क्षति पुग्ने गरी डोजर र स्काभेटर प्रयोग गर्ने गरेको जनगुनासो आएपछि यसको प्रयोगलाई नियन्त्रण गर्न नगरको अनुमतिको प्रक्रिया अगाडि बढाइएको हो।’

मेसिनको प्रयोग गर्नुपरेमा वडाध्यक्ष तथा नगरप्रमुखको अनुमति लिएर गर्नसमेत नगरपालिकाले अनुरोध गरेको छ। अन्यथा प्रचलित कानुनबमोजिम  कारबाही गरिने नगरपालिकाले जनाएको छ।  

प्रकाशित मिति: १६:५६ बजे, बिहीबार, भदौ १६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्