Kathmandu Press

गोर्भाचेभको निधनमा भारतीय प्रधानमन्त्री मोदीद्वारा शोक व्यक्त 

नयाँ दिल्ली, भदौ १६ : प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार पूर्व सोभियत राष्ट्रपति मिखाइल गोर्बाचेभको निधनमा शोक व्यक्त गरेका छन् । भारतसँगको सम्बन्धलाई बलियो बनाउनको...
गोर्भाचेभको निधनमा भारतीय प्रधानमन्त्री मोदीद्वारा शोक व्यक्त 

नयाँ दिल्ली, भदौ १६ : प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार पूर्व सोभियत राष्ट्रपति मिखाइल गोर्बाचेभको निधनमा शोक व्यक्त गरेका छन् । भारतसँगको सम्बन्धलाई बलियो बनाउनको लागि उहाँको योगदानलाई मोदी सम्झना गरेका छन्। 

‘मिखाइलको परिवार र साथीहरुप्रति गहिरो समवेदना व्यक्त गर्दछु, २० औं शताब्दीका प्रमुख राजनेताहरू मध्ये एक, भारतसँगको सम्बन्धलाई सुदृढ पार्नको लागि उहाँको योगदानलाई सम्झन्छौं र कदर गर्छौं ’ प्रधानमन्त्री मोदीले ट्वीट  गरेका छन्। 

Hardik ivf

लामो समय बिरामी परेपछि स्थानीय समयानुसार गत मङ्गलबार साँझ ९१ वर्षको उमेरमा गोर्बाचेभको निधन भएको हो । यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, बेलायतका निवर्तमान प्रधानमन्त्री बोरिस जोन्सन र युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डर लेयनले पनि गोर्बाचेभको निधनमा शोक व्यक्त गरेका थिए। 

अस्पताललाई उद्धृत गर्दै स्पुतनिक न्युज एजेन्सीले गम्भीर र लामो रोगपछि उनको निधन भएको जनाएको छ ।‘मिखाइल सर्गेभिच गोर्बाचेभको आज साँझ गम्भीर र लामो रोगपछि मृत्यु भयो,’ एजेन्सीले केन्द्रीय क्लिनिकल अस्पताललाई उद्धृत गर्दै मङ्गलबार जानकारी दिएको थियो। 

मिखाइल गोर्बाचेभ युनाइटेड युनियन अफ सोभियत समाजवादी गणतन्त्र (युएसएसआर) का अन्तिम नेता िथए। उनी एक युवा र गतिशील सोभियत नेता थिए।  नागरिकहरूलाई केही स्वतन्त्रता दिएर लोकतान्त्रिक सिद्धान्तहरूको रेखामा कम्युनिष्ट शासन सुधार गर्ने  उनको  चाहाना रहेको थियो।

प्रकाशित मिति: १५:५६ बजे, बिहीबार, भदौ १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्