Kathmandu Press

टाइम्ज स्क्वायरमा बन्दुक निषेध

न्युयोर्क, भदौ १६ : न्युयोर्क महानगरको व्यापारिक एवम् प्रमुख पर्यटकीय गन्तव्य टाइम्ज स्क्वायरमा बन्दुकलगायत हतियार लैजान नपाइने भएको छ। निकट भविष्यमा उक्त क्षेत्रमा बन्दुक...
टाइम्ज स्क्वायरमा बन्दुक निषेध

न्युयोर्क, भदौ १६ : न्युयोर्क महानगरको व्यापारिक एवम् प्रमुख पर्यटकीय गन्तव्य टाइम्ज स्क्वायरमा बन्दुकलगायत हतियार लैजान नपाइने भएको छ। निकट भविष्यमा उक्त क्षेत्रमा बन्दुक निषेध गरिने अधिकारीहरूले बताएका छन्। 

बन्दुक बोक्ने अनुमति पाएकाहरूलाई पनि उक्त स्थलमा हतियार लैजान निषेध गरिने न्युयोर्क महानगरका प्रमुख एरिक एडम्सले बताएका छन्। 

टाइम्ज स्क्वायरलाई संवेदनशील क्षेत्रका रूपमा विकास गरिने तथा अब त्यहाँ रहेका विज्ञापन सङ्केतहरूमा पनि ‘टाइम्ज स्क्वायर संवेदनशील एवम् बन्दुकमुक्त क्षेत्र’ देखिने उनले वासिङटन टाइम्जलाई उनले बताए । कानुनद्वारा अधिकारप्राप्त व्यक्तिले विशेष परिस्थितिमा मात्र त्यहाँ बन्दुक बोकेर जानसक्ने उनले स्पष्ट गरेका छन्। 

यसैबीच, अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि देशमा बन्दुक हिंसा बढेको भन्दै बन्दुकमाथि प्रतिबन्ध लगाउन आफू प्रतिबद्ध रहेको बताएका छन्। टेनिसी राज्यको मेम्फीसमा बुधबार एकजना प्रहरी अधिकारीलाई गोली हानेको अभियोगमा तीन जनालाई पक्राउ गरिएको छ। 

मेम्फीसका प्रहरी प्रमुख सिजे डेभिसका अनुसार गत वर्षको तुलनामा यो वर्ष दुई हजारभन्दा बढी हतियार बरामद भएका छन् । उता डेट्रोइटमा  गत आइतबार एकजना किशोरले गोली चलाउँदा तीन जना मारिएका र अभियुक्तलाई हिरासतमा लिइएको छ।

प्रकाशित मिति: १५:५३ बजे, बिहीबार, भदौ १६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्