वेस्ट बैंकको झडपमा दुई प्यालेस्टिनीको मृत्यु
प्यालेस्टाइन, भदौ १५ : इरायलले कब्जा गरेको वेस्ट बैंकमा प्यालेस्टिनी र इजरायली सेनाबीच छुट्टाछुट्टै झडप भएको छ । बिहीबार बिहान भएको यस झडपमा परी...
प्यालेस्टाइन, भदौ १५ : इरायलले कब्जा गरेको वेस्ट बैंकमा प्यालेस्टिनी र इजरायली सेनाबीच छुट्टाछुट्टै झडप भएको छ ।
बिहीबार बिहान भएको यस झडपमा परी दुई प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नाब्लसको अल–ऐन शिविरका २५ वर्षीय समेर खालेदको घाँटीमा गोली लागेको र जेरुसेलम बाहिर कलान्डिया क्याम्पका २६ वर्षीय याजान अफानाको छातीमा गोली लागेर मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन्।
प्रकाशित मिति: १५:५१ बजे, बिहीबार, भदौ १६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












