Kathmandu Press

धादिङ अस्पतालमा डेङ्गुका बिरामी बढ्दै

धादिङवेशी, भदौ १६ :  धादिङमा डेङ्गुका बिरामीको सङ्ख्या बढ्न थालेको छ । मङ्गलबार एकैदिन जिल्ला अस्पतालमा आएकामध्ये ११ बिरामीमा डेङ्गु  पुष्टि भएको अस्पतालका...
धादिङ अस्पतालमा डेङ्गुका बिरामी बढ्दै
Hardik ivf

धादिङवेशी, भदौ १६ :  धादिङमा डेङ्गुका बिरामीको सङ्ख्या बढ्न थालेको छ । मङ्गलबार एकैदिन जिल्ला अस्पतालमा आएकामध्ये ११ बिरामीमा डेङ्गु  पुष्टि भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मधुकर दाहालले बताए। 

अस्पतालमा रुघाखोकी र ज्वरोका बिरामी बढीरहेको समयमा डेङ्गुका बिरामी पनि बढ्न थालेको हो । साउन र भदौसम्मको यस अवधिमा अस्पताल आएकामध्ये एक सय १४ जनाको डेङ्गुको पुष्टि भएको छ। पछिल्लो दिन पुष्टि भएकाबाहेकको उपचार भइसकेको छभने ११ जनाको उपचार भइरहेको छ ।

डेङ्गु सङ्क्रमित एक जनाको जिल्ला अस्पतालमै मृत्युसमेत भइसकेको छ । ज्वालामुखी गाउँपालिका–२ का ५६ वर्षिय रामचन्द्र श्रेष्ठको डेङ्गु सङ्क्रमणपछि मृत्यु भएको थियो। 

प्रकाशित मिति: १५:३३ बजे, बिहीबार, भदौ १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्