नारायणगढ–मुग्लिन सडक आठ घण्टा पछि सञ्चालनमा
चितवन, भदौ १६ : पहिरोका कारण अबरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड आठ घण्टापछि पुनः सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिका वडा नम्बर २९ केराबारी र १८...
चितवन, भदौ १६ : पहिरोका कारण अबरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड आठ घण्टापछि पुनः सञ्चालनमा आएको छ ।
भरतपुर महानगरपालिका वडा नम्बर २९ केराबारी र १८ किलोमा पहिरो खस्दा आज बिहानदेखि सो सडक दुईतर्फी नै अबरुद्ध भएको थियो।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार रोकिएका सवारीसाधनहरु पहिरो पन्छाएसँगै गन्तव्यतर्फ लागेका छन्।
पहिरो पन्छाउनका लागि दुई लोडर सहित एस्काभेटर प्रयोग गरिएको थियो।
प्रकाशित मिति: १५:२५ बजे, बिहीबार, भदौ १६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












