Kathmandu Press

बुटवलमा बहुतले पार्किङस्थल अध्ययनको प्रक्रिया सुरु

रुपन्देही, भदौ १६ : बुटवलमा बहुतले पार्किङस्थल निर्माणका लागि अध्ययनको प्रक्रिया अघि बढेको छ । बुटवल उपमहानगरपालिका, नगर विकास कोष र परामर्शदाता कम्पनीका बीचमा...
बुटवलमा बहुतले पार्किङस्थल अध्ययनको प्रक्रिया सुरु

रुपन्देही, भदौ १६ : बुटवलमा बहुतले पार्किङस्थल निर्माणका लागि अध्ययनको प्रक्रिया अघि बढेको छ । बुटवल उपमहानगरपालिका, नगर विकास कोष र परामर्शदाता कम्पनीका बीचमा विस्तृत परियोजना प्रतिवेदन  (डिपिआर) तयारीका लागि सम्झौता भएको छ। 

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी र परामर्शदाता कम्पनी मल्टिडेफोर्ट हार्मोनिक जेभीका प्रतिनिधि विजयलाल न्याछ्योंबीच सम्झौता भएको हो।

Hardik ivf

सम्झौताअनुसार परामर्शदाता कम्पनीले बुटवलस्थित लुम्बिनी बस टर्मिनलको क्षेत्रभित्र बहुतले कार पार्किङका लागि लगानी र डिजाइनको काम गर्ने बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पन्थीले जानकारी दिए।  

बस टर्मिनल क्षेत्रको दक्षिणपट्टिको भागमा बहुतले पार्किङ भवन बनाउनका लागि लागत र डिजाइन तयार भइसकेपछि पुनःनिर्माणका लागि बोलपत्र प्रक्रिया अघि बढाउने उनले बताए।। कोषको ९० प्रतिशत लगानी र  उपमहानगरपालिकाको १० प्रतिशत लगानी हुने गरी बुटवलमा बहुतले पार्किङ तयार हुने उनको भनाइ छ।

परामर्शदाता कम्पनीले चार महिनाभित्र बहुतले पार्किङको ‘डिजाइन स्टिमेट’ र बोलपत्र ‘डकुमेन्ट’समेतको काम गर्ने सहरी पूर्वाधार महाशाखा प्रमुख सुमन श्रेष्ठले बताए। बुटवलमा बढ्दो सहरीकरणका कारण बढ्दै गएको ट्राफिक व्यवस्थापनका लागि बहुतले पार्किङस्थल उपयोगी हुने उपमहानगरपालिका प्रमुख पाण्डेयले बताए । उनले भने, ‘बुटवलमा बहुतले पार्किङ भवन आवश्यक  भएकाले संयुक्त लगानीमा भवन निर्माण हुने छ।

प्रकाशित मिति: १५:२२ बजे, बिहीबार, भदौ १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्