Kathmandu Press

मुख्यमन्त्री पाण्डेद्वारा जिल्ला प्रशासन कार्यालय अनुगमन

काठमाडौं, भदौ १६ : बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले जिल्ला प्रशासन कार्यालय मकवानपुरको आज अनुगमन गरेका छन्। उनले जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने नागरिकता,...
मुख्यमन्त्री पाण्डेद्वारा जिल्ला प्रशासन कार्यालय अनुगमन
Hardik ivf

काठमाडौं, भदौ १६ : बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले जिल्ला प्रशासन कार्यालय मकवानपुरको आज अनुगमन गरेका छन्। उनले जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने नागरिकता, राहदानी तथा विभिन्न सिफारिस कक्षमा पुगेर सेवाग्राहीसँग कार्यालयको सेवा प्रवाहको अवस्थाबारे जानकारी लिएका थिए। 

सो अवसरमा उनले सेवाग्राहीलाई छिटो–छरितो सेवा उपलब्ध गराई सेवाग्राहीलाई आवश्यक पर्ने पूर्वाधार विकासका लागि पनि संरचना तयार सहित सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउन सम्बन्धित निकायलाई निर्देशन दिए। 

त्यस्तै आसन्न मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनलाई स्वच्छ निष्पक्ष एवं भयरहित बनाउन आवश्यक शान्ति सुरक्षा उपलब्ध गराउनेतर्फ पनि सुरक्षा रणनीति तयार गर्न मुख्यमन्त्री पाण्डेले आग्रह गरे। सो अवसरमा प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे र  सहायका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले प्रशासनिक सेवा तथा अर्धन्यायिक मुद्दाको फछ्र्यौट, नागरिक सेवा, राहदानी सेवा तथा अन्य सिफारिस सेवा, जिल्लाको शान्ति सुरक्षाको अवस्थाबारे मुख्यमन्त्री पाण्डेलाई जानकारी गराएका थिए।  

प्रकाशित मिति: १४:२६ बजे, बिहीबार, भदौ १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्