Kathmandu Press

स्व. नेता गिरिको स्मृतिमा सामूहिक वृक्षरोपण

काठमाडाैं, भदाै १६ : नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य स्व प्रदीप गिरिको स्मृतिमा वृक्षरोपण कार्यक्रम आयोजना गरिएको छ।स्व. गिरिको १३औं पुण्यतिथिका अवसरमा...
स्व. नेता गिरिको स्मृतिमा सामूहिक वृक्षरोपण

काठमाडाैं, भदाै १६ : नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य स्व प्रदीप गिरिको स्मृतिमा वृक्षरोपण कार्यक्रम आयोजना गरिएको छ।

स्व. गिरिको १३औं पुण्यतिथिका अवसरमा काठमाडौं क्षेत्र नं. ४ का सांसदको कार्यालयको आयोजनामा गौशालास्थित भण्डारखाल चौरमा १ सय ८ बिरुवा वृक्षरोपण गरिएको हो।

Hardik ivf

कार्यक्रममा कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्व गिरी प्रकृतिप्रेमी भएकाले उgको आत्माको शान्तिका लागि सामूहिक वृक्षरोपणको आयोजना गरेको बताए। 'स्व गिरी जहाँ गए पनि रुखको छहारीमा बस्नुहुन्थ्यो, प्रकृतिसँग रमाउने उनको बानी थियो। उनको आत्माको शान्तिका लागि हामीले उनको पुण्यतिथिका अवसर पारेर सामूहिक वृक्षरोपण आयोजना गरेका हाैं,' उनले भने।

महामन्त्री थापाले स्व. गिरीको भौतिक शरीर हामीमाझ नरहे पनि उनको विचार, सिद्धान्त र आदर्शलाई कांग्रेसले सधैँ अनुशरण गरेर अगाडि बढ्ने स्पष्ट पारे। उनले स्व. गिरीको स्मृतिमा देशभर वृक्षरोपण गर्नसमेत सबैलाई आग्रह गरे।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य प्रतिमा गौतम, वागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्य, कांग्रेस नुवाकोटका पूर्वसभापति एवं पूर्वसांसद जगदीश्वरनरसिंह केसीलगायतको सहभागिता रहेको थियो।

प्रकाशित मिति: १२:३८ बजे, बिहीबार, भदौ १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्