सामाजिक सञ्जालको ‘पोस्ट’ले ४५ वर्ष जेलमा
काठमाडाैं, भदाै १६ : साउदी अरबको एउटा अदालतले एकजना महिलालाई सामाजिक सञ्जालको प्रयोगबाट देशलाई हानी पुर्याएको आरोपमा ४५ वर्षको जेल सजाय सुनाएको छ। ...
काठमाडाैं, भदाै १६ : साउदी अरबको एउटा अदालतले एकजना महिलालाई सामाजिक सञ्जालको प्रयोगबाट देशलाई हानी पुर्याएको आरोपमा ४५ वर्षको जेल सजाय सुनाएको छ। साउदीमा यो महिना महिलालाई यस्तो सजाय सुनाइएको यो दोस्रो घटना हो।
सामाजिक सञ्जालमा पोस्ट गरिएको सामग्रीले देशको समाजिक एकतामा बाधा पुर्याएको आरोपमा साउदी अरबको सबैभन्दा ठुला जनजाति समूहकी महिला नोराह बिन्त सइद अल–काहतानीलाई ४५ वर्षको काराबासको सजाय सुनाइएको वासिङटनस्थित मानव अधिकारवादी संस्था वाचडग डेमोक्रेसी फर अरब वर्ल्डलाई उद्धृत गर्दै फक्स न्युजले जनाएको छ।
अल–काहतानीले अनलाइन के पोस्ट गरे वा उनको सुनुवाइ कहाँ भयो भन्ने बारेमा भने केही खुलाइएको छैन। उनले केवल आफ्नो विचार ट्वीट गरेकी थिइन्।
यसअघि पनि एक जना ३४ वर्षीया महिलालाई ट्वीट गरेको अभियोगमा जेल सजाय सुनाइएको थियो। उक्त घटनालाई लिएर अन्तर्राष्ट्रियस्तरमा विरोध भएको थियो।












