Kathmandu Press

दुई थान भरुवा बन्दुकसहित एक पक्राउ

लमजुङ, भदाै १६ : यहाँ दुई थान भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।क्व्होँलासोथर गाउँपालिका-८ घाम्राङ घर भई हाल वडा नं. ९ साल्मे...
दुई थान भरुवा बन्दुकसहित एक पक्राउ

लमजुङ, भदाै १६ : यहाँ दुई थान भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

क्व्होँलासोथर गाउँपालिका-८ घाम्राङ घर भई हाल वडा नं. ९ साल्मे बस्ने  २७ वर्षीय यमबहादुर राना मगरलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश श्रीमलले बताए।

Hardik ivf

उनले भने, 'अवैध रूपमा लुकाइछिपाइ राखेको तथा स्थानीयवासिन्दालाई धाकधम्की दिने गरेको भन्ने विशेष सूचनाका आधारमा उनलाई मंगलबार एक थान लोड गरेको र एक थान अनलोड गरेको बन्दुकसहित प्रहरीले नियन्त्रणमा लिन सफल भएको हो।'

रानामगरलाई लमजुङ जिल्ला अदालतबाट हातहतियार तथा खरखजनासम्बन्धी कसुरमा बुधबार सात दिनको म्याद लिई थप अनुसन्धान कार्य गरिरहेको प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए। उनले भने, संघ तथा प्रदेशको निर्वाचन नजिकिएसँगै अवैधरूपमा राखिएका हातहतियारबाट हुनसक्ने घटनालाई रोक्न सक्रियता रुपमा लागेका छौं।

आज बिहान ती अभियुक्तलाई पत्रकार सम्मेलन आयोजना गरी सार्वजनिक गरेको प्रहरीले यसअघि केही महिनाअघि बेंसीसहर नगरपालिका-१ बाट पेस्तोलसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको थियो।

प्रकाशित मिति: १२:१४ बजे, बिहीबार, भदौ १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्