Kathmandu Press

विश्वव्यापीरूपमा क्रमशः कम भएपनि कोरियामा कोरोना सङ्क्रमण घटेन

विश्वव्यापीरूपमा क्रमशः कम भएपनि कोरियामा कोरोना सङ्क्रमण घटेन

कोरिया, भदौ १६ : विश्व स्वास्थ्य सङ्गठन ९डब्ल्युएचओ०ले विश्वव्यापीरूपमा कोभिड–१९ सङ्क्रमण र कोभिडजन्य मृत्युदर घटेको बताए तापनि दक्षिण कोरियामा भने अघिल्ला दिनका तुलनामा कारोनाजन्य मृत्यु र सङ्क्रमण बढेको छ। यद्यपि अघिल्ला साताका तुलनामा भने सङ्क्रमण दरमा भने केही कमी आएको छ। 

दक्षिण कोरिया र मलेसियामा कोभिड–१९ सङ्क्रमणबाट ज्यान गुमाउनेहरूको सङ्ख्या बुधबार पनि अप्रत्यासित रूपमा बढेको छ। चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार  मङ्गलबार दक्षिण कोरियामा एक सय १२ , मलेसियामा छ जनाको र न्युजिल्याण्डमा दुई जनाको मृत्यु भएको छ । मङ्गलबार न्युजिल्याण्डमा १७ जनाको मृत्यु भएको थियो। 

Hardik ivf

दक्षिण कोरियामा भने महामारी साम्य हुने लक्षण देखिएको छैन । बुधबार एकै दिन एक सय १२ जनाको मृत्यु भएको छ । यो सँगै कोरियामा कोभिड लागेर ज्यान गुमानेको सङ्ख्या २६ हजार आठ सय ७६ पुगेको छ । बुधबार मध्यरात सार्वजनिक गरिएको विवरणअनुसार देशमा ८१ हजार पाँच सय ७३  जना नयाँ सङ्क्रमित थपिएका छन् । हाल दक्षिण कोरियामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या दुई करोड ३३ लाख २७ हजार आठ सय ९७ पुगेको छ। 

न्युजिल्याण्डको स्वास्थ्य मन्त्रालयले बुधबार जनाएअनुसार अघिल्लो महिनाको तुलनामा नयाँ सङ्क्रमितको सङ्ख्या लगातार घटेको छ । बुधबार मध्यरातसम्मको विवरण सार्वजनिक गर्दै सरकारी अधिकारीहरूले देशका विभिन्न भागमा दुई हजार ६६ जना नयाँ बिरामी थपिएका बताएका छन् । मङ्गलबार त्यहाँ दुई हजार दुई सय ४४ जनामा सङ्क्रमण पुष्टि भएको थियो। 

एक महिनाअघि न्युजिल्याण्डमा दैनिकरूपमा १० हजारभन्दा बढी नयाँ सङ्क्रमित फेला परेका थिए । बिरामीहरूको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।  हाल न्युजिल्याण्डमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या १७ लाख २६ हजार आठ सय २० रहेको छ भने यो रोगको सङ्क्रमणबाट एक हजार आठ सय ९५ जनाले ज्यान गुमाएका छन् । 

यसैबीच, मलेसियामा मङ्गलबार मध्यरातसम्मको विवरणअनुसार  छ जनाले कोभिड–१९ बाट ज्यान गुमाएका छन् । हालसम्म मलेसियामा ३६ हजार दुई सय १६ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भइसकेको छ । देशमा कुल ४७ लाख ८२ हजार छ सय २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

बुधबार जेनेभामा पत्रकार सम्मेलन गरेर विश्व स्वास्थ्य सङ्गठनले कोरोना भाइरसका घटना र मृत्युको सङ्ख्या दक्षिणपूर्वी एशियाली देशमा बाहेक विश्वव्यापीरूपमा घटेको बताएको छ। गत साता संसारभर ४५ लाख नयाँ सङ्क्रमित थपिएका जनाउँदै उक्त विश्व संस्थाले  विगतको तुलनामा त्यसमा १६ प्रतिशतले कमी आएको बताएको छ। सोही अवधिमा १३ प्रतिशतले मृत्युदर घटेको तथा १३ हजार पाँच सय जनाको कोभिडबाट मृत्यु भएको थियो । 

डब्ल्युएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले उत्तरी गोलाद्र्धमा शिशिर यामको शुरूवातसँगै कोभिड–१९ को अझ खतरनाक लहर आउनसक्ने चेतावनी दिएका छन्। उनले धनी देशहरूमा खोप लगाउनेहरूको सङ्ख्या कम रहेकामा चिन्ता पनि व्यक्त गरेका छन्।   

प्रकाशित मिति: ११:५४ बजे, बिहीबार, भदौ १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्