Kathmandu Press

राष्ट्रिय सभाको बैठक बस्दै आज

काठमाडौं, भदौ १६ : एक सातापछि आज राष्ट्रिय सभाको बैठक बस्दै छ।आज दिउसो २ बजे राष्ट्रिय सभाको बैठक बोलाइएको छ। आजको बैठकमा नेपाल...
राष्ट्रिय सभाको बैठक बस्दै आज

काठमाडौं, भदौ १६ : एक सातापछि आज राष्ट्रिय सभाको बैठक बस्दै छ।

आज दिउसो २ बजे राष्ट्रिय सभाको बैठक बोलाइएको छ। आजको बैठकमा नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेश गर्ने तयारी छ।

विधान व्यवस्थापन समितिका सभापति नारायणदत्त मिश्रले सकभर आजकै बैठकमा प्रतिवेदन पेश गर्ने व्यवस्था मिलाउन अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई आग्रह गरेको बता।

राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता गरेको नागरिकता विधेयक प्रतिनिधिसभाले पारित गरिसकेको छ। राष्ट्रिय सभाले छलफलका लागि विधायन समितिमा पठाएको भए पनि जस्ताको तस्तै पारित भएको छ।

विधायन समितिले प्रतिवेदन बुझाएपछि राष्ट्रिय सभाबाट पनि पारित गर्ने तयारी गरिएको छ।

 

प्रकाशित मिति: ०८:४० बजे, बिहीबार, भदौ १६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्