Kathmandu Press

राष्ट्रिय बाल दिवसको नारा तय

काठमाडौं, भदौ १६ : सरकारले ५८औँ राष्ट्रिय बाल दिवसको नारा  ‘बालमैत्री समाजको आधारः जिम्मेवार  परिवार, उत्तरदायी समाज’ तय गरेको छ।बर्सेनी भदौ २९ गते...
राष्ट्रिय बाल दिवसको नारा तय

काठमाडौं, भदौ १६ : सरकारले ५८औँ राष्ट्रिय बाल दिवसको नारा  ‘बालमैत्री समाजको आधारः जिम्मेवार  परिवार, उत्तरदायी समाज’ तय गरेको छ।

बर्सेनी भदौ २९ गते मनाइँदै आएको बाल दिवसका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बालमैत्री अवधाराणालाई महत्व दिँदै नारा तय गरेको महिला विकास अधिकृत कमला दाहालले जानकारी दिइन्।

नेपालले सन् १९९० सेप्टेम्बर १४ मा बाल अधिकार महासन्धि अनुमोदन गरेको सम्झनामा प्रत्येक वर्ष भदौ २९ गते दिवास मनाउँदै आएको छ।

मन्त्रालयले दिवस मनाउने क्रममा स्थानीय तह, प्रदेश सरकार, विभिन्न बाल क्लब, नागरिक सङ्घसंस्था र सञ्जाललाई आग्रह गरेको छ। मन्त्रालयले बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ पनि पठाएको छ। निर्देशिका २०७८ असार २७ गते मन्त्रीस्तरको निर्णयबाट स्वीकृत भएको थियो।

प्रकाशित मिति: ०८:३२ बजे, बिहीबार, भदौ १६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्