गगन थापालाई कास्की–१ बाट उम्मेदवार बन्न प्रस्ताव, उनकाे आवेदन काठमाडाैं-४ का लागि
काठमाडौं, भदाै १५ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई कास्की–१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवार बनाउन आवेदन परेको छ।२०७० र २०७४ सालको निर्वाचनमा काठमाडौं–४...
काठमाडौं, भदाै १५ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई कास्की–१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवार बनाउन आवेदन परेको छ।
२०७० र २०७४ सालको निर्वाचनमा काठमाडौं–४ बाट निर्वाचित थापालाई आगामी मंसिर ४ मा हुने संघीय संसदको निर्वाचनबाट उम्मेदवार बनाउन अर्कै व्यक्तिले आवेदन दिएका हुन्।
महामन्त्री थापा आफै उपस्थित नभए पनि उनका साथीहरुले उनका तर्फबाट उम्मेदवारीका लागि आवेदन दिएका हुन्।
तर महामन्त्री थापा आफैंले भने पुरानै क्षेबाट उम्मेदवार बन्न आवेदन दर्ता गराएका छन्। थापाले आज (बुधबार) काठमाडौं–४ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि आवेदन दिएका हुन्।
उम्मेदवार सिफारिसका लागि आज देशभर नेता–कार्यकर्ताले आवेदन दिएका थिए।
प्रकाशित मिति: १५:५५ बजे, बुधबार, भदौ १५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











