राष्ट्रपतिलाई भेट्न माओवादी केन्द्रका नेताहरूसहित शीतल निवासमा प्रचण्ड
काठमाडौं, भदौ १५ : नागिरकता विधेयकलाई लिएर विभिन्न पक्षसँग छलफल गरेकी राष्ट्रपति विद्यादेवी भण्डारीले पछिल्लो समय विभिन्न दलका नेताहरुसँग छलफल गरिरहेकी छन्।सोमबार नेपाली...
काठमाडौं, भदौ १५ : नागिरकता विधेयकलाई लिएर विभिन्न पक्षसँग छलफल गरेकी राष्ट्रपति विद्यादेवी भण्डारीले पछिल्लो समय विभिन्न दलका नेताहरुसँग छलफल गरिरहेकी छन्।
सोमबार नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरुसँग छलफल गरेकी उनले आज (बुधबार) माओवादी केन्द्रका नेताहरुलाई बोलाएकी छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’सहितका नेताहरू शीतल निवासमा पुगेका छन्।
संघीय संसदका दुवै सदनबाट पारित भएर प्रमाणीकरणका शीतल निवास पुगेको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले पुनर्विचार गर्नुपर्ने भन्दै १५ बुँदे सन्देशसहित फिर्ता गरिदिएकी थिइन्।
संसदका दुवै सदनबाट प्रक्रिया पुर्याएर पुनः राष्ट्रपति समक्ष पठाउने तयारी छ। प्रतिनिधिसभाबाट हुबहु पारित भएको उक्त विधेयक अहिले राष्ट्रिय सभामा छ।
आफूले सन्देशसहित फिर्ता पठाएको विधेयक सदनमा छलफल नै नगराई जस्ताकाे तस्तै पारित गरेकाे भन्दै असन्तुष्ट छिन्। सोही कारण उनले राजनीनामा दिन सक्नेसम्मको हल्ला पनि चलेको थियाे।











