सुदूरपश्चिमका भौतिक पूर्वाधार राज्यमन्त्री चौधरीलाई पदबाट हटाइयाे
कैलाली, भदाै १५ : सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरीलाई मन्त्रीबाट हटाइएका छन्।सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले चौधरीलाई मन्त्रीबाट हटाएका...
कैलाली, भदाै १५ : सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरीलाई मन्त्रीबाट हटाइएका छन्।
सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले चौधरीलाई मन्त्रीबाट हटाएका हुन्। पदको दुरूपयोग गरेको र गैरजिम्मेवार आचारण देखाएको भन्दै उनलाई बर्खास्त गरिएको मुख्यमन्त्रीको सचिवालय स्रोतले जनाएको छ।
नेकपा एकीकृत समाजवादीबाट गत चैत २५ गते उनी राज्यमन्त्रीमा नियुक्त भएका थिए। पार्टी गतिविधि विपरीत काम गरेको भन्दै एकीकृत समाजवादीको सिफारिसमा उनलाई पदमुक्त गरिएको जनाइएको छ।
उनी एकीकृत समाजवादी छाडेर एमाले प्रवेश गर्न लागेको भन्ने हल्ला पनि चलिरहेको बताइएको छ। सोही कारणले उनलाई हटाइएको हुन सक्ने अनुमान गरिएको छ।
प्रकाशित मिति: १४:३५ बजे, बुधबार, भदौ १५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











