जबराको बयान लिनुअघि महाभियोग सिफारिस समितिको बैठक

काठमाडौं, भदौ १५ : महाभियोग सिफारिस समितिको बैठक सुरु भएको छ।
महाभियोग लागेपछि निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बयान लिनुअघि समितिको बैठक सुरु भएको हो।
बयान दिन जबरा सिंहदरबार पुगिसकेका छन्। उनी जबरा संघीय संसद सचिवालयको कार्यकक्षमा बसिरहेका छन्। समितिले उनलाई बयानका लागि आज (भदो १५ बुधबार) बोलाएको थियो।
समिति बैठकमा सञ्चारकर्मीलाई भने प्रवेश गर्न दिइएको छैन। महाभियोगबारे छानबिन गर्न ११ सदस्यीय समिति गठन भएको छ।
सत्तारूढ दलले २१ आरोपसहित गत फागुनमा महाअभियोग प्रस्ताव संसदमा दर्ता गरेपछि जबरा निलम्बनमा परेका थिए।
प्रकाशित मिति: १२:४२ बजे, बुधबार, भदौ १५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











