प्रदेशसभाको बैठक शुक्रबार सुरू हुने
विराटनगर, भदाै १५ : प्रदेश नं १ को प्रदेशसभाको १०औँ बैठक तथा बजेट अधिवेशन शुक्रबार सुरु हुने भएको छ ।गत साउन २२ गतेदेखि...
विराटनगर, भदाै १५ : प्रदेश नं १ को प्रदेशसभाको १०औँ बैठक तथा बजेट अधिवेशन शुक्रबार सुरु हुने भएको छ ।
गत साउन २२ गतेदेखि स्थगन भएको प्रदेशसभाको बैठक यही भदौ १७ गते दिउँसो १ बजे तय भएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए।
लामो समयदेखि स्थगन भएपछि प्रदेशसभामा पेस हुने प्रदेश नामकरण प्रस्ताव अन्योलमा छ। बैठक प्रारम्भमै सो प्रस्ताव आउन सक्ने बताइएको छ।
दलहरूबीच सहमति जुट्न नसक्दा प्रदेश १ काे नामकरण अन्याेलमा परेकाे छ।
प्रकाशित मिति: १२:१५ बजे, बुधबार, भदौ १५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











