Kathmandu Press

तीजमा नाचगान गरिरहेको स्थानमा चट्याङ, दुईको मृत्यु, १२ घाइते

दाङ, भदौ १५ : दाङमा तीज मनाउन नाचगान गरिरहेको स्थानमा चट्याङ परेको छ। चाट्याङ लागेर दुई जानको मृत्यु भएको छ भने १२ जना...
तीजमा नाचगान गरिरहेको स्थानमा चट्याङ, दुईको मृत्यु, १२ घाइते

दाङ, भदौ १५ : दाङमा तीज मनाउन नाचगान गरिरहेको स्थानमा चट्याङ परेको छ। चाट्याङ लागेर दुई जानको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

घोराही उपमहानगरपालिका–१२ गुरौमा मंगलबार राति तीजको अवसरमा नाचगान भइरहेको बेला चट्याङ परेको थियो।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजन गौतमका घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ।

घटनास्थल टेलिफोनको समस्या भएकाले थप जानकारी प्राप्त हुन नसकेको प्रवक्ता गौतमले बताए।

प्रकाशित मिति: ११:०७ बजे, बुधबार, भदौ १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्