सुर्खेतमा दुई समूहबीच झडप, एक जनाको मृत्यु
सुर्खेत, भदौ १५ : सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० बामेखोला पटानटोलमा दुई समूहबीच झडप भएको छ। सो झडममा एक जनाको मृत्यु भएको छ ।तीजको नाच...
सुर्खेत, भदौ १५ : सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० बामेखोला पटानटोलमा दुई समूहबीच झडप भएको छ। सो झडममा एक जनाको मृत्यु भएको छ ।
तीजको नाच हेर्ने क्रममा मंगलबार राति युवाहरूबीच झडप हुँदा स्थानीय २४ वर्षीय रोशन जिसीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको छ ।
मृतकको टाउकोमा गम्भीर चोट छ प्रहरीले जनाएको छ। प्रहरीले घटनामा संलग्नको पहिचान र खोजी कार्य जारी राखेको छ।
प्रकाशित मिति: १०:१३ बजे, बुधबार, भदौ १५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











