नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो, बाटो अवरुद्ध
चितवन, भदौ १५ : नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ केराबारीमा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।पहिरोका...
चितवन, भदौ १५ : नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ केराबारीमा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।
पहिरोका कारण सडक दुईतर्फी अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए। अवरुद्ध सडक खुलाउन पहल भइरहेको उनले बताए।
निरन्तर पानी परिरहेकाले बगिरहेको लेदो पन्छाउन कठिन भएको प्रहरीले जनाएको छ। पहिरोका कारण सो सडक भएर गुड्ने सवारीसाधन बाटोमै रोकिएका छन् ।
प्रकाशित मिति: ०७:३० बजे, बुधबार, भदौ १५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











