Kathmandu Press

सीट बाँडफाँडको टुंगो लगाउने गठबन्धनको तयारी

काठमाडौं, भदौ १५ : सत्तारुढ पाँच दलीय गठबन्धनले प्रतिनिधिसभाका सीट बाँडफाँडको टुंगो लगाउने तयारी गरेको छ।यसका आज गठबन्धन कार्यदल र शीर्ष नेताको बैठक...
सीट बाँडफाँडको टुंगो लगाउने गठबन्धनको तयारी

काठमाडौं, भदौ १५ : सत्तारुढ पाँच दलीय गठबन्धनले प्रतिनिधिसभाका सीट बाँडफाँडको टुंगो लगाउने तयारी गरेको छ।

यसका आज गठबन्धन कार्यदल र शीर्ष नेताको बैठक बोलाएको छ। गठबन्धन कार्यदलको बैठक आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ।

कार्यदललाई सीट बाँडफाँडको प्रतिवेदन तयार गर्न निर्देशन दिइएको छ। गत साउन २० गते पाँच दलले कार्यदल गठन गरेको थियो।

अहिलेसम्म कार्यदलले विभिन्न चरणमा छलफल गरिसकेको छ। कार्यदललाई भदौ पहिलो साताभित्र प्रतिवेदन बुझाउन समय दिइएको थियो।

तर, सीट बाँडफाँडको टुंगो लगाउन सकेको छैन। आज बस्ने बैठकबाट टुंगो लगाउने तयारी रहेको कार्यदलका सदस्य एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

त्यस्तै, आजै गठबन्धनका शीर्ष नेताको पनि बैठक बोलाइएको छ। साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताको बैठक बस्ने जनाइएको छ।

आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभाको चुनाव हुँदै छ। त्यसका लागि सबै दलले भदौ २० गतेभित्र उम्मेदवारको सिफारिश गर्न मातहतका समितिलाई निर्देशन दिइसकेका छन्।

प्रकाशित मिति: ०८:१७ बजे, बुधबार, भदौ १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्